Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

२ वटा हाइड्रोपावर बनाउन ७३ अर्ब लगानी स्वीकृत

२ वटा हाइड्रोपावर बनाउन ७३ अर्ब लगानी स्वीकृत

दैनिकी न्यूज

२३, आश्विन २०७८
२ वटा हाइड्रोपावर बनाउन ७३ अर्ब लगानी स्वीकृत
images

काठमाडौं । ठूला परियोजनाको संयोजन र व्यवस्थापन गरिरहेको लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास (बालुवाटार) मा शनिबार बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पुँजी वृद्धि गर्न अनुमति दिएको हो। लगानी स्वीकृत भएकामा करिब १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना छ। सो आयोजना दोलखा जिल्लामा छ। माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने आयोजना निजी क्षेत्रले प्रवर्द्धन गर्न लागेको हो। त्यस्तै सङ्खुवासभा जिल्लामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनामा थप ६२ अर्ब २६ करोड रुपैयाँ बराबरको पुँजी वृद्धिको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए। माथिल्लो कर्णालीको अध्ययन गर्न समिति भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले प्रवर्द्धन गर्ने भनिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका सन्दर्भमा कुनै पनि प्रगति नभएपछि सरकारले एक अध्ययन समिति गठन गरेको छ। कूल ९०० मेगावाट क्षमताको सो आयोजनाका सन्दर्भमा पछिल्ला दिनमा कुनै पनि प्रगति भएको छैन। लगानीकर्ता कम्पनी जीएमआरले बंगलादेश सरकारसँग विद्युत् खरिद सम्झौता गरेको बताए पनि आयोजनास्थलमा कुनै काम भएको छैन। आयोजना विकास सम्झौता (पीडीए) भएको सात वर्षभन्दा बढी समय भए पनि कुनै प्रगति नभएपछि आयोजनामा अन्योलता सिर्जना भएको छ। प्रवर्द्धक कम्पनीले ५०० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाए पनि काम नहुँदा थप जटिलता पैदा भएको छ। बोर्ड बैठकले परियोजनाको पछिल्लो अवस्थाको अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न निर्देशन दिएको छ। त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - २२:५४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology