Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

नेप्से दोहोरो अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

१९, आश्विन २०७८
नेप्से दोहोरो अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडां । मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज ४१ दशमलव ८४ अंकले बढेर परिसूचक २६१२.६५ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले बढेर ४९२.०२ को विन्दुमा पुगेको छ। यो दिन नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ समूह बढेका छन् एउटामात्रै समूहको शेयर मूल्य घटेको छ । यो दिन वित्त समूह सर्वाधिक ४.१६ प्रतिशतले बढेको छ । विकास बैंक समूह ३.१२ प्रतिशत, बैंकिङ समूहमा १.०२ प्रतिशत, होटेल तथा पर्यटन समूह १.२२ प्रतिशत, जलविद्युत समूह २.२९ प्रतिशत, निर्जीवन बीमा समूह २.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.७५ प्रतिशत, अन्य समूह ०.६४ प्रतिशत, लघुवित्त समूह २.७५ प्रतिशत, जीवन बीमा समूह २.१५ प्रतिशत, म्युचुअल फन्ड समूह ०.८८ प्रतिशत र लगानी समूह १.०७ प्रतिशतले बढेको छ । उता आज व्यापार समूह १.८४ प्रतिशतको गिरावट आएको छ।

आज शिखर इन्स्योरेन्स (संस्थापक सेयर) को सर्वाधिक १३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। मेरो माइक्रोफाइनान्सको ११ करोड ८६ लाख, हिमालयन डिस्टिलरीको ७ करोड ३४ लाख, सिटिजन्स बैंकको ६ करोड ७२ लाख, रिडी हाइड्रोपावरको ६ करोड ५० लाख, नबिल बैंकको ६ करोड २२ लाख, सानिमा बैंकको ५ करोड ३८ लाख, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ३५ लाख, अपी पावरको ५ करोड ३१ लाख र नेपाल बैंकको ५ करोड २३ लाख बढीको कारोबार भएको छ।

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मल्टीपर्पस फिनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पटर्नरको सेयरमूल्यमा १० प्रतिशत तथा मैलुङ खोला जलविद्युत, सिभिल लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेको छ ।

यो दिन एनआईसी एसिया लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतले ओरालो लागेर नेगेटिभ सर्किट लागेको छ। 

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - १६:०६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology