Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तीन कम्पनीले प्रस्ताव गर्यो लाभांश, कुन कम्पनीको कति ?

तीन कम्पनीले प्रस्ताव गर्यो लाभांश, कुन कम्पनीको कति ?

दैनिकी न्यूज

१९, आश्विन २०७८
तीन कम्पनीले प्रस्ताव गर्यो लाभांश, कुन कम्पनीको कति ?
images

काठमाडौं । मंगलबार मेरो माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त र रिलायन्स लाइफले लाभांश घोषणा गरेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

दुवै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडहाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। असोज १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - १४:२९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology