Logo

शनिवार, आश्विन २४ गते २०८३

images

छुट्नुहोला, न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

छुट्नुहोला, न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

१९, आश्विन २०७८
छुट्नुहोला, न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन
images

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत शुक्रवारबाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा सोमवारसम्ममा १८ लाख ९३ हजार ९५७ जना आवेदकबाट २ अर्ब ४० करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कुल कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ भने ४५ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - ०७:१८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology