काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू। १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।