Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से सूचक, यी हुन् सर्वाधिक कमाउने कम्पनी

दोहोरो अंकले बढ्यो नेप्से सूचक, यी हुन् सर्वाधिक कमाउने कम्पनी

दैनिकी न्यूज

१३, आश्विन २०७८
दोहोरो अंकले बढ्यो नेप्से सूचक, यी हुन् सर्वाधिक कमाउने कम्पनी
images

काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार नेप्से परिसूचक ५० दशमलव ५८ अंक बढेर २ हजार ६ सय ६५ दशमलव ९३ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ८.५८ अंकले बढेर ५ सय ३ दशमलव ४६ अंकमा पुगेर बन्द भएको छ । आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९४ हजार ४७८ कित्ता शेयर किनबेच हुुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ६३ हजार ९१६ वटा कारोबार भएको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अपी पावर रहेको छ । कम्पनीको आज एकै दिन २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयाको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको १८ करोड ५९ लाख, नेपाल बैंकको १६ अर्ब ५२ लाख, यूनाइटेड मोदी हाईड्रोपावरको १६ करोड ५ लाख र आइसीएफसी फाइनान्सको १५ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचकहरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । धेरै बढ्ने दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । यो कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।

बुधबार उच्च अंकले बजार सुधार हुँदा पनि केही कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा शीर्ष स्थानमा मेगा बैंक देखिएको छ । मेगा बैंकको शेयर मूल्य ३. ९२ प्रतिशतले घटेको छ । जम्मा ६ प्रतिशतमात्रै लाभांश घोषणा गरेको कुमारी बैंकको पनि शेयर मूल्य घटेको छ । कुमारी बैंकको १.६५ प्रतिशतले घटेको छ । 

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - १५:२४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology