Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कुमारी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

कुमारी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

दैनिकी न्यूज

१२, आश्विन २०७८
कुमारी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
images

काठमाडौँ।   कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।


बैंकले  कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

असोज ११ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश  वितरण गर्ने निर्णय गरेको हो।

उत्क लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले प्राप्त गर्नेछन ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ छ। ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार ४९० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - १०:४८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology