Logo

शनिवार, आश्विन २४ गते २०८३

images

गुराँस लघुवित्तको लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

गुराँस लघुवित्तको लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

११, आश्विन २०७८
गुराँस लघुवित्तको लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । गुराँस लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । लघु कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

हाल लघुवित्त कम्पनीको चुक्ता पुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ ।१६ दशमलव ९० प्रतिशतका दरले १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - ११:००:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology