Logo

शनिवार, आश्विन २४ गते २०८३

images

निफ्राले प्रस्ताव गर्यो लाभांश

निफ्राले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

५, आश्विन २०७८
निफ्राले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ११:०७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology