Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजारमा ११४ अंकको पहिरो, यसकारणले घट्यो बजार

सेयर बजारमा ११४ अंकको पहिरो, यसकारणले घट्यो बजार

दैनिकी न्यूज

४, आश्विन २०७८
सेयर बजारमा ११४ अंकको पहिरो, यसकारणले घट्यो बजार
images

रामप्रसाद ढकाल/काठमाडौं । साताको पहिलो दिन सोमबारको कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११४ दशमलव ०२ अंक घटेर २ हजार ६ सय ९८ दशमलव २४ बिन्दुमा झरेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम ८ करोड ४९ करोडमा सीमित भएको छ । सोमबार नेप्से उच्च अंकले घटेको छ । यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १९.५१ अंकले घटेर ५ सय ६ दशमलव २७ अंकमा पुगेर बन्द भएको छ । आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर किनबेच हुुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ लाख ७ हजार ५९६ वटा कारोबार भएको छ । विहीबार ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको थियो ।

सोमबारसबै उपसमूह राताम्मे रह्यो । आज बैकिङ समूह ५१.४६ प्रतिशत, व्यापार समूह १५६.९८ अंक, होटल तथा पर्यटन समूह १५८.१३ अंक, विकास बैंक समूह ३३२.३८ अंक, जलविद्युत समूह २२०.२९ अंक, वित्त समूह २२९.६९ अंक, निर्जिवन विमा समूह ६१४.२१ अंक, उत्पादन समूह ९१.९८ अंक, अन्य समूह ७०.६१ अंक, लघुवित्त समूह १६२.३२ अंक, जीवन विमा समूह ८००.०६ अंक, सामुहिक लगानी कोष ०.४८ अंक र लगानी समूह ५.२९ अंकले गिरावट आएको छ ।

कारोबारका आधारमा अरुणभ्याली हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै, हिमालयन डिष्टिलरीको २२ करोड ५५ लाख ८९ हजार ७७१ रुपैयाँ, नबिल बैंक लिमिटेडको १८ करोड ४४ लाख ४० हजार ७६३ रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ६६ लाख ६८ हजार ६ रुपैयाँ, अपि पावर कम्पनीको १६ करोड ६३ लाख २० हजार ८५९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

6-4 turnover.PNG

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयर मुल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँमा पुगेको छ । त्यस्तै डिप्रोक्स लघुवित्तको शेयर मूल्य २.०४ प्रतिशत बढेर १६४८ रुपैयाँ तथा लक्ष्मी लघुवित्तको शेयर मूल्य १.९९ प्रतिशतले बढेको २०२७ पुगेको छ ।

6-4 gainer.PNG

सोमबार धेरै घट्नेमा फाइनान्स कम्पनीहरू देखिएका छन् । गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स लगायतका कम्पनीहरूके शेयर मूल्य १० प्रतिशतले घटेके छ । त्यस्तै जलविद्यतु कम्पनीमा पनि जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको हो । यसैगरी प्रोगेशिभ फाइनान्सको पनि मूल्य १० प्रतिशतले नै घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी लगायतका कम्पनीको शेयर मूल्य पनि ठूलो अंकले घटेको छ ।

6-4 looser.PNG

केहि साताअघिसम्म लगातार रुपमा बढीरहेको बजारमा त्यसबेला खरिदकर्ता रहेका लगानीकर्ताहरुले अझ बढी नोक्सान बेहोर्नुपर्ने चिन्ताका कारण बजारबाट बाहिरिन खोज्दा यस्तो अवस्था आएको हो । मानिसहरु प्रमुख चाडको लागि खर्चको जोहो गर्ने तयारीमा छन् । यसबाहेक तरलता संकुचन हुनु, सोही निहुँमा बैंकहरुले ब्याजदर वृद्धि गरिनुले बजारमा नकारात्मक असर परेको हो ।

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - १५:४४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology