Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बहुमतले पारित भयो बजेट

बहुमतले पारित भयो बजेट

दैनिकी न्यूज

४, आश्विन २०७८
बहुमतले पारित भयो बजेट
images

काठमाडौं। सोमबार प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले सोमवार पनि नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको घोषणा गरेका छन् ।बजेट पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - १४:०६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology