Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तयार रहनुहोस्, असोज ११ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

तयार रहनुहोस्, असोज ११ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

३, आश्विन २०७८
तयार रहनुहोस्, असोज ११ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल निष्कासन गरिने कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसारणले आवेदन दिन सक्नेछन्।

बुद्धिभूमि नेपालको आईपीओ निष्कासन बन्द छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।


कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। 

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - ०९:२९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology