काठमाडौँ । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले शुक्रबार आफ्नो आठौँ नयाँ शाखा नक्साल स्थित भाटभटेनी सुपरमार्केटमा सञ्चालनमा ल्याएको छ ।
विश्वभरि नै स्वादिष्ट चिकेनका परिकारका लागि प्रख्यात रहेको केएफसी रेस्टुरेन्टलाई नेपालीहरुले पनि रुचाउँदै आएका छन् । नयाँ आउटलेटको मेन्यूमा केएफसीका विभिन्न परिकार जस्तै हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकार राखिएको छ ।
केएफसीले आफ्नो यस आठौँ शाखा १ हजार ६ सय ४० बर्ग फिटमा बनाएको छ । ग्राहकको स्वास्थ्यलाई प्राथमिकता दिदैँ सेवा प्रदान गर्ने केएफसीले जनाएको छ ।
यस रेस्टुसरेन्टमा ४० जनासम्म बसेर खान मिल्ने बनाइएको छ । रेष्टुरेण्टले विहान ९ बजेबाट रातको ८ः३० बजेसम्म डाइन–इन, टेक अवे र होम डेलिभरी मार्फत सेवा दिइरहेको छ । आफलाई मनपर्ने केएफसीका परिकारहरु होम डेलिभरी कम्पनीहरु फुड बस्टर, फुडमाण्डू र कोजडिलद्वारा अनलाइन अर्डर गरी घरैमा मगाउन सकिने कम्पनीले जनाएको छ ।