काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०.२६ अंकले घटेर २९८९.०३ विन्दु आएर आजको कारोबार बन्द भएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.१६ अंक घटेको छ ।
नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँको कारोबार भएको छ । यस दिन ७५ हजार ८९५ वटा कारोबार भएको थियो ।
नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । यस दिन बैंकिङ समूह २०.७४ अंक, व्यापार समूह २७.२१ अंक, होटल तथा पर्यटन समूह ७९.५३ अंक, विकास बैंक समूह ११६.९१ अंक, जलविद्युत समूह ७२.८१ अंक, वित्त समूह ८६.७२ अंक, निर्जिवन विमा समूह २७२.९१ अंक, उत्पादन समूह ७३.७९ अंक, अन्य समूह २१.१६ अंक, लघुवित्त समूह ५२.१९ अंक, जीवन विमा समूह १७५.३ अंक, सामुहिक लगानी कोष समूह ०.०५ अंक र लगानी समूह १.८८ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.८८ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।