Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से १८.५४ अंकले घट्दा सबै उपसूचक राताम्य

नेप्से १८.५४ अंकले घट्दा सबै उपसूचक राताम्य

दैनिकी न्यूज

२९, भाद्र २०७८
नेप्से १८.५४ अंकले घट्दा सबै उपसूचक राताम्य
images

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.५४ अंकले घटेर २९२९.२९ विन्दु आएर आजको कारोबार बन्द भएको छ ।

नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्तँ शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । अघिल्लो कारोबार दिनमा निर्जीबन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा आज सर्वाधिक घट्न पुगेको छ ।

त्यस्तै, आज पनि सधैझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ । आज सर्वाधिक कारोबार कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - १५:२८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology