Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तयार रहनुहोस, असोज ६ गतेदेखि साहस उर्जाले आइपीओ निश्कासन गर्दै

तयार रहनुहोस, असोज ६ गतेदेखि साहस उर्जाले आइपीओ निश्कासन गर्दै

दैनिकी न्यूज

२९, भाद्र २०७८
तयार रहनुहोस, असोज ६ गतेदेखि साहस उर्जाले आइपीओ निश्कासन गर्दै
images

काठमाडौं । असोज ६ गतेखि साहस उर्जा लिमिटेडले ७० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।

असोज ७ गतेदेखि खुल्ने आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा असोज २० गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ । एनआइबिएल एस क्यापिटल लिमिटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ ।
कुल ७० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता सामुहिक लगानीकोष र ३ प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि आवेदन दिन सकिने छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०७:३४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology