Logo

शनिवार, आश्विन २४ गते २०८३

images

साधना लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

साधना लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२५, भाद्र २०७८
साधना लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं। साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैयाँ रहेको छ ।

सञ्चालक समितिको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ । 

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - ११:५०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology