काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।
आइपीओमा आवेदन दिएकामध्ये ७४ हजार ४०० ले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी सबैको हात खालि भएको छ ।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।
कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ।