Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

२२, भाद्र २०७८
नेप्से दोहोरो अंकले घट्यो
images

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४४ दशमलव १८ अंकले घटेर बजार २९ सय ३६.६० विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँ ४३ पैसा बराबरको भएको छ । आइतबार १०८.२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो । 

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये होटेल एण्ड टुरिजम समुह सबैभन्दा धेरै २.९९ प्रतिशत तथा लघुवित्त समुह २.५८ प्रतिशतले घटेको छ ।  

आज सानिमा लाइफको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने युनाइटेड मोदीको शेयर मूल्य ७.७८ प्रतिशतले तथा एचआइडिसीएलको शेयर मूल्य ५.१६ प्रतिशतले बढेको छ ।

धेरै गुमाउने कम्पनीका लगानीकर्तामा आरएमडीसी लघुवित्त, रुरु जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्सजस्ता कम्पनी रहे । 

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - १५:४२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology