Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज नेप्से १०८.२६ अंकले घट्यो

आज नेप्से १०८.२६ अंकले घट्यो

दैनिकी न्यूज

२०, भाद्र २०७८
आज नेप्से १०८.२६ अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (आइतबार) तेहोरो अंकको गिरावट आएको छ । आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४।६३ रुपैयाँमा किनबेच भएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । वित्त समूह सर्वाधिक ८.०१ प्रतिशतले घटेको छ । विकास बैंक समूह ७.२१ प्रतिशत, बैंकिङ समूह २.२७ प्रतिशत, होटेल तथा पर्यटन समूह ४.४५ प्रतिशत, जलविद्युत समूह ६.५१ प्रतिशत, लगानी समूह ४.७३ प्रतिशत, जीवन बीमा समूह ३.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.६ प्रतिशत, लघुवित्त समूह २.९ प्रतिशत, म्युचुल फन्ड समूह १.८९ प्रतिशत, निर्जीवन बीमा समूह ३.८५ प्रतिशत, अन्य समूह ४.४३ प्रतिशत र व्यापार समूहमा ६.०५ प्रतिशतले घटेको छ ।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७० करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख रुपैयाँ, नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयाँ, नबिल बैंकको २४ करोड ६५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २१ करोड ९१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २१ करोड ९० लाख रुपैयाँ, नेसनल हाइड्रोको २० करोड ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकको २० करोड ३३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड १३ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको १९ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन सानिमा लाइफको सेयरभाउ १० प्रतिशतको हाराहारीमा बढेको छ ।

आज २४ वटा कम्पनीको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर, हिमालयन ऊर्जा विकास, रुरु जलविद्युत र सीईडीबी हाइड्रोपावरको सेयरभाउ १० प्रतिशत तथा ग्रिनलाइफ हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, पाँचथर पावर, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, लिबर्टी इनर्जी पावर, हिमाल दोलखा हाइड्रोपावर, सिन्धु विकास बैंक, अपी पावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको छ।

यस दिन १४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। 

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - १६:२४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology