Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

दैनिकी न्यूज

१९, भाद्र २०७८
आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
images

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति माग गर्दै बिहीबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। १ः०.४ अनुपात अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ।

गत वैशाख १२ गते सम्पन्न कम्पनीको २३ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव र बोनस सेयर जारीपछि कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गरेको थियो। कम्पनीको यो हकप्रदलाई नियामक बीमा समितिले भने निष्कासनका लागि अनुमति दिइसकेको छ। 

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - ०८:४३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology