Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजारमा भारी गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

सेयर बजारमा भारी गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

१५, भाद्र २०७८
सेयर बजारमा भारी गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । सेयर बजारमा मंगलबार पनि भारी अंकको गिरावट आएको छ। आज बजार ६९ दशमलव शून्य ५ अंकले गिरावट आएको छ । योसँगै नेप्से परिसूचक २९७५ दशमलव ८४ को विन्दुमा झरेर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ३४ अंकले घटेर ५५० दशमलव ५२ को विन्दुमा ओर्लेको छ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७।२१ रुपैयाँमा कारोबार भएका छन्।

आज कर्णाली डेभलपमेन्ट बैंकको ७।५८ प्रतिशत अकं, मनकामना स्मार्ट लघुवित्तको ६.०८ प्रतिशत अकं, सपोर्ट माईक्रोफाइनान्सको ५.९६ प्रतिशत अकं, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६३ प्रतिशत अकं र सिटिजन्स म्युचुअल फन्डको २.८४ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यस्तै, आज रुरु जलविद्युत परियोजनाको शेयरमा नकारात्मक सर्किट लागेको छ । अन्य गुमाउने कम्पनीहरुमा माउन्टेन हाईड्रो नेपालको ७.७६ प्रतिशत अकं, हिमालयन उर्जा विकासको ६.९२ प्रतिशत, सिभिल लघुवित्तको ६.५९ प्रतिशत र घलेम्दी हाईड्रोको ५.९४ प्रतिशतले घटेको हो । 

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - १७:५६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology