Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुद्धभूमी र न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

बुद्धभूमी र न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

दैनिकी न्यूज

१५, भाद्र २०७८
बुद्धभूमी र न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन
images

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेड र न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ देखि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयहरुलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ ८ गते बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १४ गते अनुमति प्रदान गरेको हो । प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको यो कम्पनीले प्रतिसाधारण सेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावितका लागि ४ लाख कित्ता निष्कासन गरेको छ। आयोजना प्रभावितलाई वितरण गरिसकेपछि यो कम्पनीले दोस्रो चरणमा ८ लाख कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि निष्कासन गर्नेछ। सर्वसाधारणका लागि कहिलेदेखि सेयर निष्कासन गर्ने हो भन्ने विषय चाहिँ दोस्रो चरणमा जानकारी दिइनेछ।

त्यस्तै न्यादी हाइड्रोपावरले ले भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन भएको छ । त्यस्तै यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन भएको छ । साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर छुट्याईएको छ । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

न्यादीले मङ्सिर १० गते शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन ११ गते अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।जस मध्ये २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - ०८:३५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology