काठमाडौं । आज तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्ममा कम्पनीको आईपीओमा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन दिएका हुन् ।
यो सर्वसाधारणको लागि निष्कासनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३० दशमलव ६४ गुणा बढी आवेदन हो ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदकले आज बैंकिङ समयसम्म गतेसम्म आवेदन गर्न सक्नेछन् ।
न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।