Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्यो तेह्रथुम पावर कम्पनीको आईपीओमा ?

कति आवेदन पर्यो तेह्रथुम पावर कम्पनीको आईपीओमा ?

दैनिकी न्यूज

१२, भाद्र २०७८
कति आवेदन पर्यो तेह्रथुम पावर कम्पनीको आईपीओमा ?
images

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रवारसम्ममा १७ लाखभन्दा बढीले आवेदन दिएका छन्।

विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्ममा कम्पनीको आईपीओमा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन दिएका हुन् । यसलाई आधारमान्दा सर्वसाधारणको लागि निष्कासनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३० दशमलव ६४ गुणा बढी आवेदन हो ।

यो कम्पनीले गत भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। 

कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ। 

यस आईपीओमा आवेदकले भदौ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । यस अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ। 

न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो ।

आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०७:४०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology