Logo

शनिवार, आश्विन २४ गते २०८३

images

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

११, भाद्र २०७८
साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन २९ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिरहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैकको सल्लेरी शाखा तथा प्राइम कमर्सियल बैंकको रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।

साथै सि–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०८:२९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology