Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तेह्रथुम पावर कम्पनीको आइपिओ खुल्यो, साढे सात लाखमा आवेदन दिन सकिने

तेह्रथुम पावर कम्पनीको आइपिओ खुल्यो, साढे सात लाखमा आवेदन दिन सकिने

दैनिकी न्यूज

९, भाद्र २०७८
तेह्रथुम पावर कम्पनीको आइपिओ खुल्यो,  साढे सात लाखमा आवेदन दिन सकिने
images

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपिओ खुला भएको छ । बुधबार अर्थात आजदेखि तेह्रथुम पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको जनाएको छ। कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको छ। बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयसम्म सबै आईपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ। तेह्रथुमको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ। प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ भर्न सकिन्छ। यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०९:५२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology