Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यसरी भयो मानुषी लघुवित्तको आईपीओ बाँडफाँड

यसरी भयो मानुषी लघुवित्तको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

७, भाद्र २०७८
यसरी भयो मानुषी लघुवित्तको आईपीओ बाँडफाँड
images

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज विहान ८ः३० बजे बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा मानुषी लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। 

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ। बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता सेयर बदर भएको छ।  

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ती मध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन्  ।

कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ । 

 

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०९:०९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology