Logo

शनिवार, आश्विन २४ गते २०८३

images

माथिल्लो तामाकोसी जलविद्युतको विद्युत उत्पादन पूर्णरुपमा सञ्चालन

माथिल्लो तामाकोसी जलविद्युतको विद्युत उत्पादन पूर्णरुपमा सञ्चालन

दैनिकी न्यूज

३, भाद्र २०७८
माथिल्लो तामाकोसी जलविद्युतको विद्युत उत्पादन पूर्णरुपमा सञ्चालन
images

चरीकोट । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो ।

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो ।

यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्नको चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ७६र७६ मेगावाटका छवटा युनिट जडान गरिएको छ ।

पहिलो युनिटको उत्पादन गत असार २१ गते सुरु गरेको तामाकोसीले सोमबारसम्म सबै युनिट सञ्चालन गरी उत्पादन थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन भएको छ । त्यसैगरी पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिनेछ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०र१३२ केभीको सब–स्टेसनमा जोडिएको छ । उक्त विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ । आजको गोरखापत्र दैनिकबाट 

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - ०६:४८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology