काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश र गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश आगामी पन्ध्रौ र सोह्रौ वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।