काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको साधारण सभा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो ।
सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आव २०७६–०७७ को वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७–०७८ का लागि बाह्य लेखापरीक्षक एम.जि.एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।
कम्पनीका संचालक समितिका अध्यक्षले कम्पनी स्थापना भएको २८ औं वर्षमा कम्पनीले प्रकाशित गरेको आव २०७७–७८ को चौथो वित्तीय विवरण अनुसार बीमाशुल्क आर्जनमा ५१ दशमलव २५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको जानकारी गराए । मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढिले वृद्धि गर्न सफल भएको उनले जानकारी दिए ।
कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनीहरुले कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरे ।