Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन

आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन

दैनिकी न्यूज

३२, श्रावण २०७८
आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन
images

काठमाडौं । आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

यो आईपीओ छिटोमा भदौ १४ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९४ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०७:५३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology