Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ङादी ग्रुप पावरले प्रस्ताव गर्यो २० प्रतिशत बोनस, दुई सय प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने

ङादी ग्रुप पावरले प्रस्ताव गर्यो २० प्रतिशत बोनस, दुई सय प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने

दैनिकी न्यूज

३२, श्रावण २०७८
ङादी ग्रुप पावरले प्रस्ताव गर्यो २० प्रतिशत बोनस, दुई सय प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने
images

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश वितरण र हकप्रद सेयर गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७–०८८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै लाभांश वितरणपछि कायम चुक्तापुँजी दुई सय प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १६१।०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।

त्यसैगरी समितिको बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत अर्थात एक बराबर दुई शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ। 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०७:४६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology