Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भदौ ९ गतेदेखि तेह्रथुम पावरले आइपीओ निश्कासन गर्दै

भदौ ९ गतेदेखि तेह्रथुम पावरले आइपीओ निश्कासन गर्दै

दैनिकी न्यूज

३२, श्रावण २०७८
भदौ ९ गतेदेखि तेह्रथुम पावरले आइपीओ निश्कासन गर्दै
images

काठमाडौं । भदौ ९ गतेदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडले ८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।

भदौ ९ गतेदेखि खुल्ने आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्ममा पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिने समय लम्बिन सक्नेछ । एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ ।

कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०७:३८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology