Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कारोबार रकमले बनायो सेयर बजारमा नयाँ रेकर्ड

कारोबार रकमले बनायो सेयर बजारमा नयाँ रेकर्ड

दैनिकी न्यूज

३१, श्रावण २०७८
कारोबार रकमले बनायो सेयर बजारमा नयाँ रेकर्ड
images

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि गत जुन १३ मा सेयर बजारमा १९ अर्ब ५५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। 

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ दशमलव ८८ अंकले घटेर नेप्से सूचक ३ हजार १ सय ५४.०३ अंकको विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । 

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९० अंकले घटेर ५८९.२८ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको किनबेच भएका छन् । आज १ लाख ८९ हजार ७३६ वटा कारोबार भएका छन् ।

मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

आइतबार लघुवित्त र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ । ऋणपत्र जारी गर्न दिने व्यवस्थाले लघु समूह सकारात्मक बनेको हो ।

नेपाल बैंकको मात्रै सबैभन्दा बढी १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन  डिष्टिलरी र अपि पावर परेका छन् ।

 

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - १५:२१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology