काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७७–०७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले हाल कायम चुक्तापुँजी ४३ करोड ५० लाख ७१ हजार १५६।५० रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
लघुवित्त कम्पनीले स्वेडा र नागबेली लघुवित्तलाई मर्जर तथा प्रति कार्य गरेकोले बोनसको कर नलाग्ने हुँदा प्रस्ताव गरिएको छैन ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरु हकदार हुनेछन् ।
लघुवित्तको हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रहेको छ । बोनसपछि ५२ करोड २० लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।