Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से सूचक झिनो अंकले सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड

नेप्से सूचक झिनो अंकले सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड

दैनिकी न्यूज

२७, श्रावण २०७८
नेप्से सूचक झिनो अंकले सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड
images

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ। मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ। 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ। कूल २३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। 

बैंकिङ १४.१७, व्यापार ४९.६५, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन ३.८४, अन्य १२.४३, सामूहिक लगानी कोष ०.११ र लगानी १.०३ बिन्दुले घटेको छ। यस्तै, होटल तथा पर्यटन १०२.९१, जलविद्युत् १४४.७९, निर्जीवन बीमा ७.९९ र जीवन बीमा १०.०५ बिन्दुले बढेको छ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६८ करोड ३० लाख ७१ हजार ७०१ बराबरको कारोबार भयो। यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ३७ लाख ७० हजार ६७९, अरुण काबेली पावर रु ५६ करोड १२ लाख ९३ हजार, अपि पावर कम्पनी रु ५३ करोड १७ लाख ४५ हजार ३८७ र आइसिएफसी फाइनान्स र ५१ करोड ५१ लाख १३ हजार ३४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

बुधबारको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा आइसिएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ। 

त्यस्तै, जानकी फाइनान्स ४.१७, एचआइडिसीएल ३.३९, गुर्खाज फाइनान्स ३.१६, वेष्ट फाइनान्स ३.१६ र एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीले ३.१३ प्रतिशतले गुमाए। 

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १६:२०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology