Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मानुषी लघुवित्तको आईपीओ आजदेखि विक्री खुला

मानुषी लघुवित्तको आईपीओ आजदेखि विक्री खुला

दैनिकी न्यूज

२७, श्रावण २०७८
मानुषी लघुवित्तको आईपीओ आजदेखि विक्री खुला
images

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि विक्री खुला भएको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा साउन ३१ गतेसम्म र सो अवधिमा विक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि आवेदन दिन सकिने छ । 

 

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - ०६:००:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology