Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजार सूचक हालसम्मकै उच्च बिन्दुमा

शेयर बजार सूचक हालसम्मकै उच्च बिन्दुमा

दैनिकी न्यूज

२६, श्रावण २०७८
शेयर बजार सूचक हालसम्मकै उच्च बिन्दुमा
images

काठमाडौं । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन (मंगलबार) सेयर बजारले नयाँ उचाइ चुमेको छ। आज बजार ५१ दशमलव ९७ अंकले बढेर नयाँ उचाइमा पुगेको हो। आजको बढोत्तरीसँगै नेप्से परिसूचक ३१ सय ६१ दशमलव ५६ को विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । योसँगै यसअघि गत साता बुधबार नेप्सेले कायम गरेको कीर्तिमान तोडिएको छ। त्यस दिन नेप्से ३१ सय २३.४५ को विन्दुमा पुगेको थियो। 

एक सातामा नै नेप्सेको उच्च बिन्दुको रेकर्ड तोडिएको हो । एक सातामै शेयर बजारले फेरि नयाँ रेकर्ड बनाएपछि लगानीकर्ताहरूको मनोबल पनि बढ्दा लगानीकर्ताहरू उत्साहित छन् ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १२.०९ अंकले बढेर ५८८.०५ को विन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर १७ करोड ८४ लाख ६१ हजार ४७ हजार २७८.६० रुपैयाँमा किनेबेच भएका छन्।

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये १० वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ३ वटाको घटेको छ । यो दिन विकास बैंक समूह सर्वाधिक ८.०७ प्रतिशत, वित्त समूह ६.७८ अंक, बैंकिङ समूह १.८७ प्रतिशत, लगानी समूह १.८६ प्रतिशत, निर्जीवन बीमा समूह ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६७ प्रतिशत, अन्य समूह ०.४१ प्रतिशत, लघुवित्त समूह १.२९ प्रतिशत, जीवन बीमा समूह १.१८ प्रतिशत र म्युचुअल फन्ड समूह ०.३९ प्रतिशतले बढेको छ । उता यो दिन व्यापार समूह १.६६ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूह ०.२४ प्रतिशत, जलविद्युत समूह ०.०८ प्रतिशतले गिरावट आएको छ।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ८९ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख, अपी पावरको ५१ करोड ९२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख रुपैयाँ, अरुण काबेली पावरको ४१ करोड ५१ लाख रुपैयाँ, गरिमा विकास बैंकको ३९ करोड ९३ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३४ करोड ६७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ३४ करोड ४३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३३ करोड २३ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ३२ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

मंगलबार ११ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त र प्रोगेशिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । शाइन रेसुङ्गा डेभलमपमेन्ट बैंक, युनियन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक, मल्टिपपर्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, र समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ ।

आजको कारोबारमा कमजोर वित्तीय अवस्था रहेका र लाभांश वितरण गर्न नसक्ने कम्पनीको मूल्य सर्वाधिक घटेका छन् । साञ्जेन जलविद्युत कम्पनीको मूल्य सर्वाधिक ५।१६ प्रतिशतले घट्दा सिनर्जी पावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ । अरुण भ्याली हाइड्रोपावर, बुटवल पावर, युनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल हाइड्रोपावर, र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको मूल्य करिब ४ प्रतिशतले नै घटेको छ । 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १५:५१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology