Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने

दैनिकी न्यूज

२५, श्रावण २०७८
मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने
images

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) भोलि (मंगलबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गर्न लागेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् ।

त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - २१:४९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology