Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा ३ लघुवित्तसहित ५ कम्पनीका ३४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

नेप्सेमा ३ लघुवित्तसहित ५ कम्पनीका ३४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

दैनिकी न्यूज

२२, श्रावण २०७८
नेप्सेमा ३ लघुवित्तसहित ५ कम्पनीका ३४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
images

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा ५ कम्पनीका ३४ लाख १८ हजार ६८९।१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सूचिकृत गर्ने कम्पनीहरुमा नाडेप लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर रहेको छ ।

नेप्सेका अनुसार शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको हो । 

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - १३:३१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology