Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

१४, श्रावण २०७८
सेयर बजार दोहोरो अंकले घट्यो
images

काठमाडौं । बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार १५.११ अंकले घटेको छ । नेप्से सूचक ३ हजार ७९.८३ विन्दुमा आएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४ अंकले घटेर ५७०।९२ को विन्दुमा समेटिएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४।१७ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटाको शेयर मूल्यमा गिरावट आएको छ ।

यो दिन गुडविल फाइनान्सको सर्वाधिक ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २९ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको २५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २२ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोको १९ करोड १६ लाख रुपैयाँ, अपी पावरको १७ करोड ९८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँ र युनिभर्सल पावरको १६ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज रिडी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमुल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। आजबाट कारोबारमा आएको जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। आज गुडविल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य सात प्रतिशतले बढीले घटेको छ। 

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १६:०२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology