Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भोलीदेखि मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्दै

भोलीदेखि मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

१३, श्रावण २०७८
भोलीदेखि मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । भोलीदेखि मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । 

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये कर्मचारीहरुको लागि १४ हजार ७२६ कित्ता, सामुहिक लगानी कोषको लागि ३६ हजार ८१४ कित्ता र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधरणलाई छुट्टाइएको छ ।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २८ गतेसम्म लम्बिनेछ ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले विसं २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

आयोजना प्रभावित स्थानियलाई यस अघिनै शेयर जारी गरिसकेको कम्पनीले कमजोर रेटिङ्ग पाएपनि आईपीओ निष्कासनको अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले विसं २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । 

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १९:०७:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology