Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जीवन विकास लघुवित्तको आइपिओ नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्तको आइपिओ नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

१३, श्रावण २०७८
जीवन विकास लघुवित्तको आइपिओ नेप्सेमा सूचीकृत
images

काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

६० लाख ८४ हजार कित्ता आइपिओ बजारमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबार मूल्य ३०५ रुपैयाँ २७ पैसादेखि ९१५ रुपैयाँ ८१ पैसासम्म तय गरेको छ।

कम्पनीले सर्वसाधारणलाई १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर बिक्री गरेको हो भने संस्थापक सेयर ४१ लाख ६ हजार ७ सय कित्ता छ। कम्पनीको सेयर भोलिबाट कारोबार खुल्नेछ।

मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छन्। 

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १८:५९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology