Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से १५ अङ्कले बढेर ३१ सय विन्दु नजिकै

नेप्से १५ अङ्कले बढेर ३१ सय विन्दु नजिकै

दैनिकी न्यूज

१३, श्रावण २०७८
नेप्से १५ अङ्कले बढेर ३१ सय विन्दु नजिकै
images

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज (बुधवार) पनि बढेको छ । बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से १५.३ अङ्कले बढेर ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगर आजको कारोबार बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५।४४ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटाको शेयर मूल्य बढेको छ भने बाँकी ४ वटाको घटेको छ । यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह ३.०८ प्रतिशत, लगानी समूह २.८९ प्रतिशत, वित्त समूह २.६३ प्रतिशत, जीवन बीमा समूह २.४५ प्रतिशत, विकास बैंक समूह १.०१ प्रतिशत, लघुवित्त समूह ०.६७ प्रतिशत, अन्य समूह ०.९२ प्रतिशत र व्यापार समूहमा ०.३८ प्रतिशतले बढेको छ । यो दिन जलविद्युत समूह सर्वाधिक १.४७ प्रतिशतले घटेको छ । बैंकिङ समूह ०.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५५ प्रतिशत र म्युचुअल फन्ड समूह ०.०५ प्रतिशतले घटेको छ ।

यो दिन युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३१ करोड ८८ लाख रुपैयाँ, अपी पावरको २९ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ९२ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड १ लाख रुपैयाँ, युनिभर्सल पावरको २५ करोड ८८ लाख रुपैयाँ, सिनर्जी पावरको २५ करोड ८५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको २२ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ८.०६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशतले बढेको छ।

बुधबार शेयरमूल्य उच्च रुपले घट्ने कम्पनीहरुमा भने अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.०७ प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोको ४।९८ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको ४.१८ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.१५ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.९५ प्रतिशत र हिमालयन उर्जाको ३।८२ प्रतिशतले घटेको छ। 

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १६:१०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology