Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो

बुधबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१३, श्रावण २०७८
बुधबार सुनको भाउ बढ्यो
images

काठमाडौ । बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ भने घटेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको भाउ घटेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेको हो। महासँघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १३:५३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology