Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

७, श्रावण २०७८
नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । बिहीबार नेप्से परिसूचक १८.७५ अंक बढेर ३ हजार ४ दशमलव ३१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०६ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।८८ अंक बढेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा किनबेच भएका छन्।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूह, १.७२ प्रतिशत, वित्त १.५२ प्रतिशत, व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २८ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको २२ करोड १० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यस दिन मूल्य बढ्ने १० शीर्ष कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा सर्वाधिक ४ प्रतिशत बढीले गिरावट आएको छ। 

 

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - १६:२९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology