काठमाडौं । मंगलबार नेप्से सूचक ९.०१ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २९८५.५७ को विन्दुमा आएर आजको कारोबार बन्द घएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ५५८.१२ को विन्दुमा समेटिएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९।०५ रुपैयाँमा किनबेच भएका छन् ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ६.२९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.२ प्रतिशत, होटेल तथा पर्यटन समूह १.६१ प्रतिशत, जलविद्युत समूह १.२२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.२२ प्रतिशतले बढेको छ । आज वित्त समूह सर्वाधिक १.३७ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.२९ प्रतिशत, बैंकिङ समूह ०.०४ प्रतिशत, विकास बैंक समूह ०.८० प्रतिशत, लगानी समूह ०.९५ प्रतिशत, जीवन बीमा समूह ०.७२ प्रतिशत, लघुवित्त समूह ०.४९ प्रतिशत र अन्य समूह १.२१ प्रतिशतको गिरावट आएको छ।
यो दिन अरुण काबेली पावारको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २६ करोड ९८ करोड, नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २३ करोड ४९ लाख रुपैयाँ, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २१ करोड ४४ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १५ करोड ७३ लाख रुपैयाँ, अपी पावरको १५ करोड २१ लाख रुपैयाँ र नेपाल बैंकको १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज म्युचुअल फन्ड समूहमा चमक देखिएको छ। लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको इकाइमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट नै लाग्यो। यसैगरी बरुण हाइड्रोपावर र माउन्टे हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।
यो दिन नेपाल इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।