Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मध्यभोटेकोशी जलविद्युतको आइपीओ बिक्री पुनः खुल्ला

मध्यभोटेकोशी जलविद्युतको आइपीओ बिक्री पुनः खुल्ला

दैनिकी न्यूज

५, श्रावण २०७८
मध्यभोटेकोशी जलविद्युतको आइपीओ बिक्री पुनः खुल्ला
images

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आइपीओ पुनः बिक्री खुल्ला गरेको छ । कम्पनीले यसअघि स्थागित गरेको आइपीओ बिक्री साउन ५ गतेदेखि साउन १७ गतेसम्मको लागि खुल्ला गरेको हो ।

यसअघि कम्पनीले बैशाख २१ गते आइपीओ बिक्री खुल्ला गरी निषेधाज्ञाको कारणले बैशाख २४ गते नै बिक्री बन्द गरेको थियो ।

आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि पुनः बिक्री खुल्ला गरिएको कम्पनीको आइपीओमा सिन्धुपाल्चोक जिल्लाका बासिन्दाले ढिलोमा साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अघि नै आवेदन दिएकाहरुले भने पुनः आवेदन दिन नपर्ने बताइएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित कुल ६० हजार आइपीओ जारी गर्दैछ । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिक वडा १ र ५, ब्राहबिसे नगरपालिक वडा ५, ६, ७ र ८ का स्थानियका बासिन्दाको लागि १८ लाख कित्ता सेयर छुट्याएको छ । बाँकी ४२ लाख जिल्लाका अन्य स्थानियका लागि छुट्याएको छ । जसमा न्यूनतम ५० कित्तादेखि ४०० सय कित्तासम्म आवेदन दिन सक्ने

कम्पनीको आइपीओ बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सिन्धुपाल्चोक जिल्लामा रहेका ३६ वटा बैंकका शाखा र काठमाडौं जिल्लामा ७ वटा मर्चेन्ट बैंकर कार्यलयबाट आवेदन दिनसक्नेछन् । साथै, सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आइपीओमा आवेदन दिन सकिन्छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १२:२०:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology