Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा उछाल, करिब १०० अंक बढ्यो नेप्से

नेप्सेमा उछाल, करिब १०० अंक बढ्यो नेप्से

दैनिकी न्यूज

३, श्रावण २०७८
नेप्सेमा उछाल, करिब १०० अंक बढ्यो नेप्से
images

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०७८-७९ को पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सो दिन बजार खुल्दादेखि नै बढ्न थालेको नेप्से कारोबार अवधिभर निरन्तर उकालो लागिरह्यो । सोही कारण नेप्से ९७.२१ अंकले बढेर २ हजार ९ सय ८०.६१ विन्दुमा उक्लेको छ ।

गत बिहीबारको तुलनामा यो ३.३७ प्रतिशतको वृद्धि हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले बढेपछि समग्र नेप्सेमा छलाङ आएको छ ।

यसअघिका तीन कारोबार दिनदेखि नै नेप्से सुधारको बाटोमा थियो ।

आइतबार करिब १ लाख १६ हजार २ सय ९४ कारोबारबाट २ सय २१ कम्पनीका २ करोड ८८ लख ६३ हजार ९३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आइतबारको कारोबार रकम बढी हो ।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - १७:०१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology